देउवाद्वारा ५औं पटक प्रधानमन्त्रीको शपथ

कांग्रेसबाट गृहमन्त्रीमा खाँड र कानुनमन्त्रीमा खड्का, माओवादी केन्द्रबाट अर्थमन्त्रीमा शर्मा र उर्जामन्त्रीमा भुसाल नियुक्ति, सबै मन्त्रीले पनि गरे सपथ ग्रहण

नेपालगन्ज : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार ५औं पटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् ।
देउवा पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए। त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए । देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे । देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भएका थिए ।
राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राति ८ बजे देउवाले ५औं पटक प्रधानमन्त्री पदकोे सपथ ग्रहण गरेका हुन् । ६ बजेका लागि निर्वारण गरिएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको फैसला अनुसार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गरेको पत्र दिएपछि देउवाले शपथ लिएका हुन् ।
आफूले सपथ ग्रहण गरे लगत्तै प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलार्ई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री नियुक्त गरेका थिए । नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ गरेका थिए ।