नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरमा हजारौं दर्शनार्थीको घुँइचो (फोटो फिचर)

शब्द/फोटो : रमेशकुमार यादव
बाँकेको नरैनापुर गाउँपालिका ५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा शनिबार हजारौं दर्शनार्थीको घुँइचो लाग्यो ।
साउन महिनामा शिव भगवानको पूजा अर्चना गरिने भएकाले पनि खोला, जंगल र पहाड चढ्दै नेपाली र भारतीय हिन्दु धर्मालम्वीहरु सन्तानेश्वर महादेवको मन्दिरमा पुगेका थिए । नरैनापुर गाउँपालिकाले पनि भिजिट नरैनापुर नाराका साथ यो मन्दिरको प्रचार प्रसार गरिरहेको छ । वर्षौ अघि निर्माण गरिए पनि यो मन्दिर ओझेलमा थियो ।