माइती नेपालद्वारा सत्तीका ५० परिवारलाई राहात वितरण

टीकापुर : माइती नेपाल नेपालगन्जले कैलालीको टीकापुर नगरपालिका–८ सत्तीका गाउँका ५० परिवारका महिला तथा बालबालिकालाई नगदसहित खाद्यान्न सहयोग गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले आइतबार सत्तीका दैनिक ज्यालादारी गर्ने, यौन शोषणमा परेका, विभिन्न रोगबाट ग्रसित, अपाङ्गता भएका, अभिभावकविहीन र वादी समुदायका महिला तथा बालबालिका लक्षित गरी ५० घरपरिवारलाई राहत वितरण गरेकी हुन् ।
प्रत्येक परिवारलाई चामल २५ किलो, दाल २ किलो, खाने तेल २ लिटर, च्यूरा २ किलो, चना २ किलो, केराउ २ किलो, नून १ प्याकेट, चिनी २ किलो, चियापत्ती १ प्याकेट र सोयाबिन १ किलोसहित नगद दुई हजार पाँच सयका दरले राहत वितरण गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । हो । निरन्तरको निषेधाज्ञाका कारण समस्यामा परेको खाद्यान्न र नगद सहयोगले राहत मिलेको बेला सेवाग्राहीहरुले बताए ।