भेरी अस्पतालले ग-यो ७८ दातालाई सम्मान

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले कोरोना महामारीको बेलामा सहयोग गर्ने ७८ जना संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ ।
अस्पतालले शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा कोरोना संक्रमितहरुको उपचार गर्नका लागि कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतले सम्मान गरेका थिए ।