किशोरीहरुलाई लेखनकला कार्यशाला

नेपालगन्ज : बाँकेका किशोरीहरुलाई शुक्रबारदेखि नेपालगन्जमा दुई दिने लेखन कला कार्यशाला सुरु गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको आयोजनामा लेखन कला कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका १९ जना किशोरकिशोरीहरुले बालविवाह, महिला हिंसा, लैगिंक समानता, बाल अधिकारलगायतका विषयको स्टोरी लेख्नेछन् । सहभागीमध्ये ५ जनाले लेखेको स्टोरी प्रतिष्पर्धाका लागि छनोट हुने स्याककोे बालविवाह रोकथाम परियोजनाकी विनिता आरसीले बताइन् ।

तालिममा अन्नपूर्ण पोस्ट् दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल र प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका फोकल पर्सन दुर्गा क्षेत्रीले सहजीकरण गरेका थिए ।