यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न : नेपाल

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थिति एमसीसी पारित गर्न नसकिने बताएका छन् ।
पार्टीको शनिबार बाँके जिल्ला कार्यालयको नेपालगन्जमा उद्घाटन गर्दै कार्यकर्ताले एमसीसीबारे कार्यकर्ताले सोधेकोे प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले नेपालको स्वाभिमानमा आँच पुग्ने कुनै पनि काम नहुने बताए । ‘नेपाल कुनै पनि क्षेत्रीय राजनीति (आइपीएस)मा संलग्न हुनेछैन । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नेवाला छैन । नेपालले छिमेकीहरुसँग शंका पैदा र छिमेकी देशलाई खतरा हुने कुनै पनि सम्झौता गर्नेछैन । तेस्रो देशले के भन्छ बुझ्छौं । चीनले भनिसकेको छ’, उनले भने, ‘हामी देशको जनताको स्वामित्वलाई त्याग्ने पक्षमा छैनौ । विद्युतको लाइन कताबाट लैजाने हो, हामीले निर्णय गर्ने हो । बौद्धिक सम्पत्तिमा नेपालको हक हुनुपर्छ । अडिट गर्न पाइन्छ कि पाइँदैन ? उठेका यी सबै प्रश्नको जवाफ लिखित पाउनुपर्छ ।’ उनले देशको सैन्य गठबन्धन अरुको सुरक्षा घेरामा सुम्पिन नचाहेको बताउँदै एमसीसीका प्रतिनिधिहरुलाई आर्थिक सहयोगको परियोजना मात्र हो भनेर सुनिश्ति गर्न आग्रह गरेका छन् ।

1 thought on “यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न : नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *