डुडुवामा झन्डा फरियो, बोर्ड र वडापत्र राख्न बेवास्ता

रमेशकुमार यादव । साहपूर्वा
बाँकेको डुडुवामा गाउँपालिका परिसरको रंग उडिसकेको राष्ट्रिय झन्डा परिवर्तन गरिएको छ ।
मेरोखुसी डटकमको गत ११ भाद्रमा डुडुवा गाउँपालिकामा न बोर्ड, न नागरिक वडापत्र शीर्षकको समाचार प्रकाशित भएपछि केही दिन अघि गाउँपालिकाले झन्डा परिवर्तन गरेको हो । गाउँपालिकाले होडिङ बोर्ड तथा नागरिक वडा पत्र भने अझै राखेको छैन । यसअघि कर्मचारीबाट लापरबाही भएको गाउँपालिका उपाध्यक्ष साइदा बानोले मेरो खुसीलाई बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *