राष्ट्रिय युवा परिषद्को लुम्बिनी प्रदेश युवा सञ्जालको सचिवमा बाँकेकी पूजा वैश्य

नेपालगन्ज : राष्ट्रिय युवा परिषद्को लुम्बिनी प्रदेश युवा सञ्जालको सचिवमा बाँकेकी पूजा वैश्य चयन भएकी छन् ।
संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहतको परिषद् लुम्बिनी प्रदेश युवा सञ्जालको सातै ओटा प्रदेशमा युवा सञ्जाल गठन गरिरहेको परिषद्ले लुम्बिनी प्रदेशमा मनोज भण्डारीको अध्यक्षता सञ्जाल गठन गरेको हो । उपाध्यक्ष मीना सुनार, कोषाध्यक्ष गंगा कँडेललगायत ११ सदस्यीय समिति गठन गरिएको हो ।