कोरोनाकालमा बाँकेका पत्रकारको भूमिका प्रभावकारी

नेपालगन्ज : बाँकेका सञ्चार माध्यम र सञ्चारकर्मीले कोरोना महामारीको सूचना सम्प्रेषण प्रभावकारी भएको एक कार्यक्रममा वक्ताले निष्कर्ष निकालेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल नेपाल (सीसीएन) बाँकेको १३औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन शुभारम्भको अवसरमा बुधबार नेपालगन्जमा आयोजित ‘बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ विषयक सरोकारवालाकबीचको छलफल कार्यक्रममा पत्रकार, अधिकारकर्मी र नागरिक समाजका अगुवाले कोरोना महामारीको कठिन परिस्थितिमा अहंम भूमिका निर्वाह गरेको धारणा राखेका थिए । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले सर्वेक्षणहरुले महामारीमा सबभन्दा बढि सूचना र सचेतना फैल्याउने काम रेडियोहरुले गरेको दाबी गरे । अधिकारकर्मी प्रकाश उपाध्यायले विपद्मा स्थानीय मिडियाले प्रशंसनीय कार्य गरेको भन्दै प्रशंशा गरेका थिए ।
सीसीएनका अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, पत्रकार कृष्ण अधिकारी, निरज गौतम, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, शिक्षासेवी किरण आचार्य, पत्रकार माधव अधिकारी, कमल खत्रीलगायतले कोरोना कालमा बाँकेको पत्रकारिताको भूमिकाबारे धारणा राखेका थिए । सन्दर्भमा विचार राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *