५ दलको गठबन्धन देश विरोधी मोर्चा हो : अध्यक्ष ओली

मुरली गोडिया । गुलरिया
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी ५ दलको गठबन्धनलाई देश विरोधी मोर्चाको आरोप लगाएका छन् ।
एमाले बर्दियाले बुधबार गुलरियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र गठबन्धनले देश विरोधी काम गरिरहेको बताए । उनले भने, ‘हाम्राविरुद्ध बनेको मोर्चा विकास विरोधी र जन विरोधी हो ।’ दुई तिहाइको सरकारले गरेको विकास देख्न नसकि पार्टीभित्र बाटै विरोधको आवाज उठेको बताए । आफनो पालाको सरकारले गरेको विकास हेरेर विभिन्न प्रतिक्रियाबादी शक्तिहरु आत्तिएको उनको भनाइ थियो ।
विकासको एजेण्डामा काम गर्ने र भिजन भएको पार्टी पनि एमाले मात्रै रहेको उनको जिकिर थियो । बुधबार बिहान काठमाडौंबाट बर्दिया आएका अध्यक्ष ओलीले बुधबार दिउँसो बाँकेमा पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार नै राजधानी फर्कनेछन् ।