रियल जुसको बट्टामा लागूऔषध कोरेक्स ल्याउँदै गर्दा युवा पक्राउ

नेपालगन्ज : लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाको टोलीले रियल जुसको बट्टामा लागूऔषध कोरेक्स लिएर आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार नेपाल–भारतको सीमा नाका रुपैडिहाबाट रियल जुसको दुई वटा बट्टामा २ लिटर कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट बोकेर नेपाल प्रवेश गर्दै गरेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का ३० वर्षीय बबिन शाहीलाई प्रहरीले जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।