राष्ट्रव्यापी विद्यालय स्तरीय पौडी प्रतियोगितामा स्प्रिङ डेल एकेडेमीका अमित रावलको ट्रिपल स्वर्ण

नेपालगन्ज : राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका विद्यार्थी अमित रावलले ३ वटा स्वर्ण जितेका छन् ।
११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण जितेका हुन् । शनिबार एक स्वर्ण जितेका उनले आइतबार थप २ स्वर्ण जित्न सफल भएका थिए ।
प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण र एक एक रजत पदक जितेका थिए । दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका थिए ।
प्रतियोगितामा स्प्रिङ डेल स्कुलका विद्यार्थीले मात्र ६ स्वर्ण, ८ रजत र ४ कास्य गरी जम्मा १८ पदक जितेका थिए । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए ।