२२ वर्षका युवा लागूऔषधसहित पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ८ खक्रौलाबाट लागूर्आषधसहित एक युवक पक्राउ परेका छन ।
टीकापुर नगरपालिका वडा न १ शक्तिनगर बस्ने वर्ष २२ का अंजित चौधरीलाई ट्रामडोल ६५ क्याप्सुल र फेनरामाईन ११ ट्याबलेटसहित पक्राउ गरिएको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए। से१ त ८५१८ मोटरसाइकलमा भारतको तिकुनियाबाट आइरहेका चौधरीलाई शंका लागि चेकजाँच गर्दा खक्रौलाको प्रहरी चेक पोष्टमा प्रहरी हवल्दार पपेन्द्र महराको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरिएको हो ।