सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न
मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिका ७ बैदीस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७७र०७८ को १ करोड २१ लाख ३२ हजार ३३ रुपैयाँ २० पैसाको वार्षिक आयव्यय शिक्षक कृष्ण चौधरिले प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत नरेश अवस्थी रहेका थिए भने विशिष्ट अतिथि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला, कर्णाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यज्ञ न्यौपाने रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक सुरज साउँदको स्वागत मन्तव्यसँगै सुरु भएको सो कार्यक्रममा नरेन्द्र रेग्मी ,भोजराज ढुंगाना लगायतले बोलेका थिए । विद्यालयले सुधार गरेका काम र आगामी दिनमा गर्नुपर्ने सुधारका कामहरुको बारेमा वक्ताहरु औंल्याएका थिए । सो अवसरमा समाजसेवी गोविन्द श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो ।