बर्दियामा जुवा खेलाउने घरधनीसहित ६ जना पक्राउ

सानोश्री (बर्दिया) : बर्दियामा जुवा खेलाउने घरधनीसहित ६ जना जुवाडे पक्राउ परेका छन् । मधुवन नगरपालिका-६ बुद्धनगर टोलका झक्कु सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार राति जुवा खेलाउने घरधनीसहित ६ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।


पक्राउ पर्नेमा मधुवन ८ मन ईश्वरराज विक, केशवराज अधिकारी, तीर्थ विक, लालबहादुर विष्ट, झक्कु सुनार र वलवीर सुनार रहेको शाहीले जानकारी दिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र जुवा खेल्न प्रयोग गरिएको ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु उपर जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिप्रका बर्दियाले जनाएको छ ।