नाटाको ४२औं केन्द्रीय अधिवेशन शनिबार नेपालगन्जमा हुँदै

नेपालगन्ज : नेपाल क्षयरोग निवारण संस्थाको ४२ औं केन्द्रीय सभाको अधिवेशन शनिबार नेपालगन्जमा हुँदैछ ।
अधिवेशनको तयारी पूरा भइसकेको नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य तथा अधिवेशन आयोजक समितिका संयोजक सेमराज शाक्यले जानकारी दिए । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले अधिवेशनको उद्घाटन गर्दैछन् । अधिवेशनमा १२५ जनाको सहभागिता हुनेछ ।