होमस्टे एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलन सुरु

गाभर भ्याली (बाँके) : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकीय क्षेत्र गाभर भ्यालीमा होमस्टे एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ ।
लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले गाभरभ्यालीमा रहेको १०७ वर्ष पूरानो कोलमा तेल पेलेर शनिबार सम्मेलनको उदघाटन गरेका हुन् ।आइतबारसम्म चल्ले सम्मेलनमा ६८ जिल्लाका १ हजार बढी होमस्टे संचालकको सहभागिता रहेको आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले बताउनु भयो । सम्मेलनमा मौलिक भोजन मेला समेतको प्रदर्शनी गरिएको छ ।