बाँकेको सहिद स्मारक माविका २५ छात्रा बेहोस भएपछि ३ दिन विद्यालय बन्द

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिकाको सामुदायिक विद्यालय सहिद स्मारक माध्यमिक विद्यालय कम्दीका २५ जना छात्रा बेहोस भएका छन् । कक्षा ३ देखि ११ कक्षासम्मको छात्रा मात्र एस्तो लक्ष्ण देखा परेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भागिरथी चन्दका अनुसार मंगलबार बिहान १० बजेदेखि दिनभर १० जना र बुधबार १५ जना छात्रा बेहोस भएका हुन् । उनीहरुको स्थानीय कम्दी स्वास्थ्य चौकीमा प्राथमिक उपचार भएको थियो । कक्षा ११ कि प्रमिला पुन मगर र कक्षा ९ कि सलिना बुढाथोकी ३ घण्टामासम्म अचेत भएका थिए । ‘शरीरमा सर्पले टोक्न आएको जस्तो लागेपछि बेहोस् हुने गरेको पीडित छात्राले बताएका छन् । छात्रा बेहोस हुन थालेपछि मंगलबार १ बजेपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको थियो । अध्यक्ष चन्दका अनुसार बुधबारदेखि ३ दिन विद्यालय बन्द गरिएको छ । छात्रा बेहोस हुन थालेपछि शिक्षक, विद्यार्थी र अभिभावक समेत चिन्तित भएका छन् । कम्दी स्वास्थ्य चौकीका अहेव खगेन्द्रप्रसाद शर्माले छात्राहरुमा ‘परिवर्तित विकार’*  भएको बताए ।* सच्चाइएको