सिक्टाको पूर्वी नहरमा डुबेर ६ वर्षिय बालक बेपत्ता

रमेशकुमार यादव । भगौतीपुर
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । स्थानीय पत्रकार तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव हेमन्त चौधरीका अनुसार सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको पानीमा डुबेर राप्तीसोनारी-३ भगौतीपुरका ६ वर्षिय बालक बेपत्ता भएका हुन् । स्थानीयले उनको खोजी जारी राखेका छन् ।