लागूऔषधसहित भारतीय नागरिक पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार टीकापुर नगरपालिका १ नयाँ टीकापुरस्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उत्तर प्रदेश भारतको लखिमपुर खिरी जिल्लाको तिकुनिया ग्राम पञ्चायत सुठाना बरसोला बस्ने ५० वर्षको सुरज प्रकाश गोयललाई शंका लागेर चेकजाँच गर्दा निजले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक हजार दुई सय थान क्याप्सुलसहित पक्राउ गरेको हो । कैलाली जिल्ला अदालतबाट लागूऔषध ऐन अन्तर्गत दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।