पाँच दलीय गठबन्धनबिरुद्ध एमालेको जनतासँग गठबन्धन हुन्छ : नेता थापा

नेपालगन्ज :  नेकपा एमालेका पोलिट व्यूूरो सदस्य सूर्य थापाले आसन्न निर्वाचनमा पाँच दलीय गठबन्धनका बिरुद्ध एमालेले जनतासँग गठबन्धन हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल बाँके शाखाले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सत्ताधारी दलको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै जनताको साथमा गठबन्धन गर्दै एकल बहुमतीय सरकार बनाउने दाबी गरे । उनले निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत एमालेका केन्द्रीय नेताहरु अहिले जिल्ला जिल्लामा पुगेको बताए । स्वतन्त्र उम्मेदवारी दिने दलहरुप्रति नेता थापाले व्यंग्य गदैै लोकतान्त्रिक अभ्यासको रहर पूरा गर्न खोजेको संंज्ञा दिए ।