प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको अध्यक्षमा थापा
नेपालगन्ज : प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सन्जय थापा निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा कार्य समिति सर्वसम्मत् रुपमा चयन भएको हो । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदीप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन, सचिव हिमनाथ पौडेल र टेकबहादुर खड्का, सह–सचिव मख्खनबहादुर धामी र प्रेम खरेल, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सन्तोष वैश्य चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा विनय श्रेष्ठ, पुरुषोत्तम अग्रवाल, शालिक सुवेदी, रविन्द्र लामिछाने, मो. फकदुल हक हलवाई, मो. रिजवान अन्सारी, बुद्धिप्रसाद श्रेष्ठ, रेवती सिंह, शरद रेग्मी र नरबहादुर खड्का, टीकाराम ढुंगाना, रामकुमार सिंह राठौर, सुदीप सेडाईं, अतुलकुमार गुप्ता, मार्टिन वली, सावित्रा पोखरेल, विशाखर अधिकारी, रामकिसन साहु र शरदराज अधिकारी निर्वाचित भएका छन् । नेपालगन्ज नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।