फेकोफन अध्यक्षमा गुल्मीका भण्डारी र सचिवमा बाँकेका गिरी (निर्वाचितको सूची)

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)को नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु

नेपालगन्ज : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) केन्द्रीय अध्यक्षमा लुुम्बिनी प्रदेशको गुल्मीका ठाकुर भण्डारी निर्वाचित भएका छन् । भण्डारी फेकोफनको निवर्तमान सचिव हुन् ।

फेकोफनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी

फेकोफनको काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिर्खबहादुर शाही, महासचिवमा पार्वता गौतम, सचिवमा बाँकेका डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने विजयी भएका छन् ।

फेकोफनका नवनिर्वाचित केन्द्रीय सचिव डिल्ली गिरी

घनश्याम पाण्डेपछि लामो समयपछि फेकोफनले लुम्बिनीबाट फेकोफनको नेतृत्वको अवसर पाएको हो । लुम्बिनी प्रदेशले अध्यक्ष, सचिवसहित ११ जनालाई केन्द्रमा निर्वाचित गर्न सफल भएको छ ।

फेकोफनको नवनिर्वाचित केन्द्रीय समिति

केन्द्रीय सदस्यमा मोहम्मद कर खाँ (बर्दिया), दिनानाथ आचार्य (रुपन्देही, कमल परियार (नवलपरासी), बालिका बुढाथोकी (कपिलवस्तु), छविकला खराल (दाङ), सावित्रा राना (दाङ), सरस्वती न्यौपाने (प्युठान), भोजबहादुर बिक (पाल्पा), टिचन गुरुङ (नवलपरासी)बाट निर्वाचित भएका छन् ।