आगलागीबाट गोठ नष्ट

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकामा आगलागी हुँदा एउटा गोठ जलेर नष्ट भएको छ ।

शनिबार दिउँसो करिब २ बजे भजनी-५ मिलनपुरका खुसीराम चौधरीको गोठमा आगलागी हुँदा करिब गोठसहित एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी पृथ्वीपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मीप्रसाद भट्टले जानकारी दिए ।

घरमा बालबालिका रहेका बेला ५ वर्षिया बालकले सलाईले खेल्ने क्रममा परालमा आगो सल्केर गोठमा आगलागी भएको वडा न ५ का वडाअध्यक्ष केशव बुढाले बताए ।

स्थानीयको सहयोगमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोलीले आगो निभाएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । आगलागीबाट गोठमा राखेको गहुँ ४ बोरा, २ बोरा धानसमेत नष्ट भएको पीडित परिवारले जनाएको छ ।