विद्यार्थीलाई लैङ्गिक हिंसा र बालविवाह सम्बन्धी तालिम

राजापुर : बर्दियाको राजापुर नगरपालिकाका विद्यार्थीलाई लैगिक हिंंसा र बालविवाह सम्बन्धी तालिम दिइएको छ ।
रोटरी कलब काठमाडौंको सहयोग, राजापुर नगरपालिकाको समन्वयमा स्याक नेपाल बाँकेले राजापुरको मंगलपुर माध्यमिक विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीलाई दुई दिने तालिम दिइएको हो । तालिममा छात्रा र छात्र गरी ४४ जना सहभागी थिए ।