साढे १० लाखको भन्सार छलेको सामान बरामद

रमेशकुमार यादव । नेपालगन्ज
वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलेको झन्डै साढे दश लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ७ गगनगन्ज प्रगतिशील मार्गमा असरफ अन्सारीको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिइ बस्दै आएको कोठामा खानतलासी गर्दा बाट प्रहरी टोलीले कुर्ता सुरुवाल ४४३ थान र भिटामिन क्याप्सुल ३ हजार पत्ताको अन्दाजी भन्सार मूल्य १० लाख ४३ हजार रुपैयाँ रहेको छ ।
भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याएका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको प्रमुख विसीले जानकारी दिए ।