गायिका मेलिना राईको न्यु इयर इभमा नेपालगन्जबासीलाई निम्तो

नेपालगन्ज : चर्चित गायिका मेलिना राईले नेपालगन्जबासीलाई न्यु इयर इभको निम्तो दिएकी छन् ।
नयाँ वर्ष २०८१ को स्वागतमा नेपालगन्जको चार तारे होटल भ्यू सिद्धार्थले आगामी ३० चैत्रमा आयोजना गर्न लागेको न्यु इयर इभ सांस्कृतिक कार्यक्रममा गायिका राई सहभागी हुन आउँदैछिन् ।
‘यही चैत्र ३० गते दिन म रहनेछु नेपालगन्ज । सिद्धार्थ होटलमा हुन गइरहेको भव्य सांस्कृतिक कार्यक्रमको लागि आउँदैछु । सबै जना आउनु होला’, मेलिनाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट् गर्दै भनेकी छन्, ‘हामी सबै मिलेर न्यू इयरलाई वेलकम गर्नेछौ र सँगै सेलिब्रेट गर्नेछौं है त । नबिर्सनु होला चैत्र ३० मा सिद्धार्थ होटल ?’ गायिका राईका नाँच फिरिरी, जे पनि सहुँला, अर्को जुनी खई कुन्नी जस्ता दुई दर्जन भन्दाबढी गीत लोकप्रिय रहेका छन् ।

होटल भ्यू सिद्धार्थले पनि बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा चर्चित गायिका राईसहित स्थानीय कलाकारको पनि रोचक प्रस्तुती रहने होटेलका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी गराएका थिए । कार्यक्रममा काठमाडौंबाट ब्याण्डसहित डिजेको पनि प्रस्तुति रहनेछ । होटलले नेपाली र अंग्रेजी नयाँ वर्षमा राष्ट्रिय कलाकार डाकेर न्यु इयर इभ मनाउने गरेको छ ।

होटलका क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले अनुसार न्यु इयर इभमा नेपालगन्जबासीलाई कपल, सिंगल र बच्चाका लागि विशेष तथा आर्कषक प्याकेज ल्याइएको बताए ।