स्थापनाको ८ महिनामै सिने रोयललाई सर्वश्रेष्ठ सिनेमा हल अवार्ड

सिनेरोयलले पाएको सर्वश्रेष्ठ सिनेमा हल अवार्ड

नेपालगन्ज : सिनेरोयल सिनेमा थिएटर नेपालगन्जले स्थापनाको आठ महिनामा नै सर्वश्रेष्ठ सिनेमा हल अवार्ड पाएको छ ।
बक्स अफिस इन्टरनेशनल ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्ड–२०८० को १८औं संस्करणमा सिने रोयललाई सर्वश्रेष्ठ सिनेमा हल (मोफसल) अवार्ड प्रदान गरिएको हो । अन्नपूर्ण पोस्ट् दैनिकले २२ मंसिर २०८० मा प्रकाशित गरेको देशका ७७ वटै जिल्लाका पुग्नै पर्ने एक हजार पर्यटकीय गन्तव्य सम्बन्धी पर्यटन विशेषाङ्क सहस्रयात्रामा ‘सुविधा सम्पन्न सिनेरोयल’लाई समेटेको थियो ।

वेस्टर्न आइएनसी प्रा.लि.ले ११ साउन २०८० मा सिनेरोयलको औपचारिक शुभारम्भ गरेको थियो । अवार्ड पाएपछि सिनेरोयलका सञ्चालक डा.राहुल थापाले उत्कृष्ट सिनेमा थिएटरको अवार्ड जित्नु एउटा उल्लेखनीय उपलब्धी भएको प्रतिक्रिया दिए । ‘हामीले चलचित्रकर्मीका लागि एक स्वागत र इमर्सिभ वातावरण सिर्जना गरेका छौं । जहाँ चलचित्र प्रेमीहरू चलचित्रको जादू मनाउन एकसाथ आउन सक्छन्’, उनी सिनेरोयका सहकर्मीलाई सम्बोधन गर्दै भन्छन्, ‘जब हामी यो अविश्वसनीय उपलब्धि मनाउँछौं । हामी रचनात्मकता, नवीनता, र उत्कृष्टताको सीमाहरू धकेल्न प्रतिबद्ध रहौं । हामी नयाँ क्षितिजहरू अन्वेषण गर्न जारी राखौं । विविध आवाजहरू प्रदर्शन गर्न र सिनेमाको शक्तिले दर्शकहरूलाई प्रेरित गरौं ।’ उनले सहकर्मीलाई कडा परिश्रम, समर्पण र समर्थनको लागि धन्यवाद दिँदै अवार्ड ‘तपाईहरु सबैको हो’ भनेर सम्मान पनि गरेका छन् ।
नेपालगन्ज–१० सुर्खेत रोडमा अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व अनुभव प्रदान गरिरहेको छ । तीनवटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिका बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा हल बनाइएको छ । नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । नेपालकै लागि सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर यस क्षेत्रको आर्थिक गतिबिधि बढावा दिने पनि सफल भएको सञ्चालक डा.थापाको दाबी छ ।