टीकापुर पार्क एकैदिन १२ हजारद्वारा अवलोकन !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्षको पहिलो दिन १ वैशाखमा एकैदिन १२ हजार पर्यटकले अवलोकन गरका छन् ।
टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएको र एकैदिनमा टिकट बिक्रीबाट तीन लाख राजस्व सङ्कलन गरिएको पार्कका इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए ।

उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा ¥याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका इञ्चार्ज कुँवरले बताए। यस वर्षको पहिलो दिन नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए। वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्ने लगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेको उनले बताए।

सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको हो । टीकापुर पार्क अवलोकन लागी सुर्खेत,कञ्चनपुर तथा कैलालीका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्।