१५६ पटक रक्तदान गर्ने वैश्यलाई सम्मान

नेपालगन्ज : प्रजातान्त्रिक उद्योग व्यवसायी संघ नेपालगन्ज नगर समितिले १५६औं पटक रक्तदान गर्ने नेपालगन्जका गोपीलाल वैैश्यलाई सम्मान गरेको छ ।
२०औं विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले वैश्यलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । संघले जिल्लामा महिलातर्फ सबैभन्दा धेरै ७६औं पटक रक्तदान गर्ने नेपालगन्ज १० का सरिताकुमारी शर्मालाई पनि सम्मान गरेको थियो ।

सोेही अवसरमा शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको संघका नगर अध्यक्ष शिव दाहालले जानकारी दिए । यस अघि बिहान नगर प्रमुख विष्टले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।