लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभले मनायो चार्टर नाइट

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभले १४औं वार्षिकोत्सव (चार्टर नाइट) मनाएको छ ।
सोमबार अपरान्ह नेपालगन्जमा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकालको प्रमुख आतिथ्य तथा फस्ट लेडी मीना सुवेदी ढकाल र डिष्ट्रिक सेक्रेटरी उमा थापा मगरलगायतको आतिथ्यमा चार्टर नाइट मनाएको हो । गर्भनर ढकाल नै क्लबका चार्टर अध्यक्ष हुन् । उनले क्लब स्थापनादेखि गर्भनरसम्मको यात्रा अनुभव सुनाएका थिए । उनले आफ्नो एक वर्षे कार्यकालमा लायन्स इन्टरनेशनलबाट नेपालमा आएको झन्डै ३५ करोड रुपैयाँमध्ये डिष्ट्रिक ३२५ एनमा मात्र झन्डै २२ करोडको परियोजना पार्न सफल भएको बताए । लायन्स क्लब र लियो क्लबले सहकार्य गर्दैै समाजमा उदाहरणीय सेवाका काम गर्न पनि उनले सुझाव दिए । कार्यक्रममा डिष्ट्रिक ३२५ एनका सेक्रेटरी उमा थापा मगरले लायन्स क्लब मनका धनी ब्यक्तिहरुको क्लब भएको बताउँदै निस्वार्थ रुपमा सेवाका कामहरु गरेकै कारण लायन्सको लोकप्रियता भएको बताइन् । क्लबका निवर्तमान अध्यक्ष सुशीला चन्दले आफ्नो एक वर्षे कार्यकालमा गरेका सेवा र सहयोगका कामको विवरण प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा लियो जिल्ला परिषद् ३२५ एन नेपालको नवनिर्वाचित प्रथम उपाध्यक्ष प्रकाश कुँवरले लायन्स र लियोले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

क्लब अध्यक्षको पदभार हस्तान्तरण
लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका लायन वर्ष २०२३—२०२४ का अध्यक्ष सुशीला चन्दले लायन वर्ष २०२४—२०२५ का नवनिर्वाचित अध्यक्ष शंकरप्रसाद खनाललाई पद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको सुरु चरणमा चन्दले अध्यक्षता ग्रहण गरेकी थिइन् भने दोस्रो चरणको अध्यक्षता खनालले गरेका थिए । पद बहालपछि अध्यक्ष खनालले एक वर्षे कार्यकालमा लायन्स क्लब इन्टरनेशनले कार्य गर्ने ८ वटा क्षेत्रमध्ये भोकमरी, मधुमेह, युवा, वातावरण लगायतका क्षेत्रमा काम गर्ने योजना सुनाएका थिए ।

अष्ट्रेलिया जाने टोलीलाई विदाइ
लायन्स क्लब इन्टरनेशनलको अष्ट्रेलियामा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गइरहेका क्लबका दुई सदस्यलाई लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभले विदाइ गरेको छ ।
क्लबका पूर्वअध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका सेक्रेटरी उमा थापा मगर र सदस्य विमल चन्दलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकाल, फस्ट लेडी मीना सुवेदी ढकाल, पूर्वअध्यक्ष विष्णु खनाल, इनोभेटिभका लायन वर्ष २०२३—२०२४ का अध्यक्ष सुशीला चन्द, लायन वर्ष २०२४—२०२५ का अध्यक्ष शंकरप्रसाद खनाल लगायतले दोसल्ला र खादा लगाएर विदाइ गरेका थिए ।

 

लियो डिष्ट्रिक फस्ट भीपी निर्वाचित कुँवरलाई सम्मान
सोही अवसरमा लियो जिल्ला परिषद् ३२५ एन नेपालको प्रथम उपाध्यक्षमा निर्वाचित प्रकाश कुँवरलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ लियो क्लबका पूर्वअध्यक्षसमेत रहेका कुँवरलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकाल, फस्ट लेडी मीना सुवेदी ढकाल, डिष्ट्रिक सेक्रेटरी उमा थापा मगर, इनोभेटिभका लायन वर्ष २०२३—२०२४ का अध्यक्ष सुशीला चन्द, लायन वर्ष २०२४—२०२५ का अध्यक्ष शंकरप्रसाद खनाल क्लबका पूर्वअध्यक्ष विष्णु खनाल लगायले स्वागत तथा सम्मान गरेका थिए ।