गर्भनर श्रेष्ठवारा ५ वटै एरियामा डिष्ट्रिक क्याबिनेट पदाधिकारी मनोनयन

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका नवनिर्वाचित गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठले डिष्ट्रिकको क्याबिनेट पदाधिकारी मनोनयन गरेका छन् ।
गर्भनर श्रेष्ठले डिष्ट्रिकका ५ वटै एरियामा शनिबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर लायन्स वर्ष २०२५/२०२६ का लागि क्याबिनेट पदाधिकारी मनोनयन गरेका हुन् । गर्भनर श्रेष्ठका अनुसार दिउँसो एकैसाथ सबै एरियामा मनोनयन गरिएका ब्यक्तिहरुलाई पत्र हस्तान्तरण गरिएको थियो । डिष्ट्रिक सेक्रेटर र डिष्ट्रिक कोषाध्यक्ष, डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ, एड्भाइजर, एक्जुकेटिभ को–चिफ, एम्बेस्डर अफ गर्भनर, डिष्ट्रिक चिफ, एरिया चिफ, एरिया सचिव, एरिया कोषाध्यक्ष, डिष्ट्रिक चेयर पर्सन, एरिया र रिजन चेयर पर्सन, डिपार्टमेन्ट मेम्बर, डिष्ट्रिक प्रोग्राम मेम्बरलगायतका पदमा मनोनयन गरिएको हो ।

एरिया नं. ४ ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित गर्भनर श्रेष्ठ, पूर्व गर्भनरहरु मुकुट ढकाल, मधुसूधन शर्मा र शेमराज शाक्यले यस क्षेत्रबाट मनोनयनमा परेका लायन्सकर्मीहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको कामना गरेका थिए ।

गत १३ वैशाखमा दाङको तुलसीपुरमा सम्पन्न डिष्ट्रिक ३२५ एनको तेस्रो महाधिवेशनमा बाट गर्भनरमा निर्वाचित भएका श्रेष्ठको कार्यकाल भने आगामी १७ असारमा पदभार ग्रहण गरेपछि मात्र सुरु हुन्छ । हरेक वर्ष मे २६ मा एस भोट मार्फत गर्र्भनर निर्वाचित गरी जुलाई १ बाट मात्र लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्परा छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा बागमति प्रदेशको काठमाडौं, लुम्बिनी प्रदेशका बाँकmे बर्दिया, दाङ, प्युठान र रोल्पा, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकोट, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर लगायतका जिल्लामा सवा एक सयभन्दा बढी लायन्स क्लबहरु रहेका छन् ।