लायन्स क्लब इनोभेटिभको अध्यक्षमा क्षेत्री

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको अध्यक्षमा अमृत थापा क्षेत्री चयन भएका छन् । क्लबको शनिबार नेपालगन्जमा सम्पन्न १४औं चार्टर नाइटले क्षेत्रीलाई लायन्स वर्ष २०२५-२०२६ का लागि अध्यक्ष चयन गरेको हो । क्षेत्री क्लबका सचिव हुन् ।

क्लबका अध्यक्ष शंकरप्रसाद खनालले शनिबार नै क्षेत्रीलाई आन्तरिक रुपमा अध्यक्ष पद हस्तान्तरण गरेका थिए । लायन्स इन्टरनेशनल डिष्रिष्ट्क ३२५ एनका नवनिर्वाचित गर्भनर ज्ञानेन्द्र श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएर औपचारिक रुपमा पद हस्तान्तरण र पद बहाली हुनेछ ।

क्लबको सचिवमा शोभा गुरुङ, कोषाध्यक्षमा विमल चन्द, प्रथम उपाध्यक्ष ऋचा लुइँटेल, द्वीतिय उपाध्यक्ष शोभा श्रेष्ठलाई चयन गर्दै पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मल्टिपल डिष्टिक को-अर्डिनेटर मधुसूदन शर्मा, पूर्वगर्भनर तथा क्लबका चार्टर अध्यक्ष मुकुट ढकालले नवनिर्वाचित क्लब अध्यक्ष र पदाधिकारीलार्ई बधाइ दिएका थिए ।

क्लबका अध्यक्ष शंकरप्रसाद खनालको अध्यक्षतामा सुरु भएको कार्यक्रम क्लबका नवनिर्चाचित अध्यक्ष अमृत थापा क्षेत्रीले पदभार ग्रहणपछि कार्यक्रमको अन्तिम शत्रकोे अध्यक्षता गरेका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विष्णु खनालले स्वागत भाषण गरेका थिए । सो अवसरमा अध्यक्ष खनालले एक वर्षे कार्यकालको प्रगति प्रतिवेदन र नवनिर्वाचित अध्यक्ष क्षेत्रीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।


कार्यक्रममा क्लबका चार्टर अध्यक्ष ढकालले चार्टर नाइटको केक काटेका थिए । सो अवसरमा अध्यक्ष खनालले लायन्स वर्ष २०२४ २०२५ लाई सफल बनाउन सहयोग, सहकार्य गर्नेहरु, क्लबका चार्टर अध्यक्ष र सदस्य, क्लबका पूर्व अध्यक्ष र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभसहित दुई दर्जन बढी संघसंस्था र ब्यक्तिलाई सम्मान गरेका थिए ।