टीकापुरमा दलित तथा अति विपन्न महिलालाई लेवल टु सिलाइकटाइ तालिम

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-७ ले दलित तथा अति विपन्न महिलालाई लेवल टु सिलाइ कटाइ तालिम दिएको छ । ३ महिने सिलाइकटाइ तालिमको बिहीबार समापन गरिएको छ । वडाको आर्थिक वर्ष २०८१/२०८२ को स्वीकृत कार्यक्रम मार्फत वडाभित्रका दलित तथा अतिविपन्न २० जना महिलालाई लागि लेवल टु सिलाइकटाइ तालिम सञ्चालन गरिएको वडा सचिव कमला पोख्रेलले जानकारी दिइन् ।

टीकापुर-७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेको सभापतित्व र वडा सदस्य राजकुमार चौधरीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी बविताकुमारी साउँद, प्रशिक्षक आशाराम चौधरी र वडा सदस्य कैलाशपति चौधरी लगायतले तालिम निकै उपयोगी भएको बताए । वडा अध्यक्ष न्यौपानेले सहभागीलाई सिकेको सीपलाई ब्यवहार उतार्न आग्रह गरे । वडाभित्रका दलित तथा अतिविपन्न गरी २० जना महिलाले तालिम लिएका थिए ।