लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई खजुरा गाउँपालिकाद्वारा १० कठ्ठासहित भवन हस्तान्तरण

                                                                                                                                                                    Photo : khabarkura

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई भवन हस्तान्तरण गरेको छ ।गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले मंगलबार विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई १० कट्ठा जग्गासहितको भवनको कागजात हस्तान्तरण गरेका हुन् ।
उपकुलपति ढकालले छिट्टै खजुराबाट विश्वविद्यालयको केन्द्रीय कार्यालय र कक्षाहरु समेत सञ्चालन हुने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष विकले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर देशको समृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयले नेपालगन्जमा प्राविधिकतर्फ ४ वटा, सूचना प्रविधि तर्फ २ वटा र इन्जिनियरिङ तर्फ २ वटा कक्षा सञ्चालन गरिरहेको छ ।