खजुरा गोल्डकप : उपाधि विदेशी क्लबको पोल्टामा पर्ने
खजुरा : प्रथम खजुरा गोल्डकपको उपाधि विदेशी क्लबको पोल्टामा पर्ने भएको छ । नाइजेरियन जोन क्लब र जेविएम फुटबल एकेडेमी लखनउबी फाइनलमा भिडन्त हुने भएको छ ।
शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ फाइनलमा प्रवेश गरेको हो । नाइजेरियाको तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरेका थिए ।
फोर ब्रदर्स एफसीबाट अभिषेक महतोले गोल गरेका थिए । यो खेलमा नाइजेरियन जोनका ३ जना र फोर ब्रदरका २ जनाले पहेंलो कार्ड पाएका थिए । आइतबार अपरान्ह ४ बजे उपाधिका लागि फाइनल खेल हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।









