नेपालगन्जको लायन्स क्लब इनोभेटिभमा थपिए ९ सदस्य
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभले ९ जना सदस्य थप गरेको छ ।
क्लबले शुक्रबार नेपालगन्जमा आयोजना गरेको वेलकम एण्ड एप्रिसियसन प्रोग्राममा क्लबका चार्टड अध्यक्ष मुकुट ढकाल, क्लब अध्यक्ष सन्तोषी विष्ट र निवर्तमान अध्यक्ष अमृत थापाले नयाँ सदस्यलाई स्वागत गर्नु भएको थियो । थपिएका सदस्यहरुमा जेन्जीदेखि लियोबाट लायन्ससम्म यात्रा गरेकाहरु छन् । डाक्टर, इन्जिनियरलगायत विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिहरु रहेका छन् ।
सोही समारोहमा निवर्तमान अध्यक्ष अमृत थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने र पूर्वअध्यक्षहरुलाई सम्मान गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष विष्टले क्लबकोे नाम जस्तै इनोभेटिभ आइडियामा काम गर्ने भन्दै कार्ययोजना सुनाउनु भएको थियो ।
कार्यक्रममा क्लबका चार्टड अध्यक्ष ढकालसँगै, प्रतिनिधिसभा पूर्वसदस्य दीपा शर्मा, पूर्वअध्यक्ष उमा थापा मगर, मीना सुवेदी ढकाल, विनय श्रेष्ठ, विष्णु खनाल, शंकरप्रसाद खनाल, लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ अध्यक्ष पल्पसा थापाले लायन वर्ष २०२६-२०२७ लाई सफल पार्न प्रतिबद्धता जनाउनु भएको थियो ।








