लायन्स क्लब युनिटीद्वारा नीलसागरलाई कपडा सहयोग
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज युनिटीले नेपालगन्जको नीलसागर आश्रमलाई कपडा सहयोग गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका सेकेण्ड डिष्ट्रिक भाइस गभर्नर चिन्तामणि धिताल, डिष्ट्रिकका पूर्वगभर्नर शेमराज शाक्य, लायन्स क्लब अफ नेपालगन्ज युनिटीका अध्यक्ष अञ्जु खड्का लगायतले बिहीबार आश्रममै पुगेर कपडा हस्तान्तरण गरेका हुन् ।
क्लबले आश्रममा रहेका महिला र किशोरीहरुलाई मेहन्दी लगाएको थियो । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफद्वय उमा थापा मगर र सरिता श्रेष्ठ, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका एरिया नं. ४ का एरिया चिफ विन्दु चर्ती मगर, एरिया सचिव शंकरप्रसाद खनाल, क्लबका निवर्तमान अध्यक्ष समिता राणालगायत लायन्स सदस्यको सहभागिता रहेको थियो ।








