आज हरिशयनी एकादशी, सार्नु भयो त तुलसीको विरूवा
नेपालगन्ज : सनातन वैदिक परम्परा अनुसार आज आज हरिशयनी एकादशी घर घरमा निर्माण गरिएको तुलसीको मोठमा बिरुवा सारिन्छ । तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाआषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।








