एकीकृत समाज सञ्जाल बाँकेको अध्यक्षमा पोखरेल

नेपालगन्ज : एकीकृत समाज सञ्जाल बाँकेको अध्यक्षमा माधवप्रसाद पोखरेल निर्वाचित हुनु भएको छ ।
सञ्जालको शनिबार नेपालगन्जमा सम्पन्न प्रथम अधिवेशनले पोखरेलको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको निवाचन समितिका संयोजक अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो ।
सञ्जालको वरिष्ठ उपाध्यक्ष दीपेन्द्रकुमार जोशी, उपाध्यक्ष राम चिडीमार, महासचिव राजाराम सुवेदी, सचिव दशरथ चन्द, कोषाध्यक्ष रामप्यारी वर्मा र सहकोषाध्यक्षमा नानीमाया पुरी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा पूर्णकुमारी थापा, मनिष कर्मचारी, सीता राणा बन्जाडे, चिन्तामणि शर्मा, प्रकाशसिंह ठकुरी र मीना पुन मगर चयन हुनु भएको छ । दुई जना सदस्यको मनोनयन र सल्लाहकारहरु अध्यक्षको सिफारिसमा पहिलो कार्य समिति बैठकले निर्णय गर्नेछ । कार्यसमितिले शनिबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरिएको थियो ।
सञ्जालले बाँके जिल्लाको ८ वटै स्थानीय तहमा पनि पालिका स्तरीय कमिटी गठन गर्ने नवनिर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
सञ्जालका संस्थापक अध्यक्ष माधवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन अछामी सेवा समाज बाँकेका अध्यक्ष पुष्करबहादुर खड्काले गर्नु भएको थियो । अधिवेशनको अवसरमा सञ्जालले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको थियोे । सो अवसरमा सञ्जालको भित्तेपात्रो पनि विमोचन गरिएको थियो । सञ्जालमा जिल्लामा रहेका ५२ वटा विभिन्न सामाजिक संंघसंस्थाहरु सदस्यको रुपमा आबद्ध छन् ।