अनेमसंघ बाँकेको अध्यक्षमा माया गौतम निर्वाचित

नेपालगन्ज : अखिल नेपाल महिला संघ बाँकेको अध्यक्षमा माया गौतम निर्वाचित हुनु भएको छ । गौतम यसअघिको कार्य समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
एमाले भगिनी संस्था अनेमसंघ बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न ८औं जिल्ला सम्मेलनले गौतमको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत् रुपमा निर्वाचित गरेको हो ।
जिल्ला कमिटी उपाध्यक्ष द्वय तारा वली र फूलमाया जैसी, सचिव रिना पौडेल ,उपसचिव सीता बिश्वकर्मा र कोषाध्यक्ष बेबी मण्डललाई चयन गरिएको छ ।
यसअघि सम्मेलनको केन्द्रीय अध्यक्ष टुका भद्र हमालले उद्घाटन गर्नु भएको थियो । अध्यक्ष हमालले महिलाहरुले अगामी चुनावमा वडा सदस्य र उपमेयर मात्र होइन वडा अध्यक्ष र मेयरमा उठ्ने आँट गर्न सक्नुपर्ने भन्दै उत्प्रेरक मन्तव्य दिनु भएको थियो ।
अनेमसंघ बाँकेका अध्यक्ष मीना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा एमाले बाँके इन्चार्ज शान्ति ढकाल, अनेमसंघ केन्द्रीय सचिव तथा अनेमसंघ लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञवाली, एमाले लुम्बिनी प्रदेश उपसचिव तथा महिला फाँट इन्चार्ज लीला राना, अनेमसंघ केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, एमाले बाँकेका अध्यक्ष नीरक गुरुड, अनेमसंघ प्रदेश अध्यक्ष गीता पाण्डे लगायतले सम्मेलनको सफलताको कामना गर्नु भएको थियो ।

सम्मेलनको पहिलो सत्र सम्पन्न भएपछि बन्द सत्रमा अनेमसंघ केन्द्रीय सदस्य अछरी पोखरेलको अध्यक्षतामा अध्यक्ष मण्डल र नेकपा एमाले प्रदेश उपसचिव लिला रानाको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरी बन्द सत्र सञ्चालन गरिएकोे थियो । बन्दसत्रले निवर्तमान अध्यक्ष मीना सुवेदी ढकालको राजनीतिक र सांगठनिक प्रतिवेदन रकोषाध्यक्ष बेबी मण्डलले आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

 

केन्द्रीय अध्यक्षसहित हमालसहित १० जनालाई सम्मान

अनेमसंघ बाँकका अध्यक्ष मीना ढकाल सुवेदीले संघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमाललार्इ दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

त्यसैगरी पूर्व प्रतिनिधिसभा सदस्य दीपा शर्मा, अनेमसंघ केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज विना ज्ञपाली,एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले प्रदेश कमिटी उपसचिव तथा महिला फाँट इन्चार्ज लीला राना, अनेमसंघ केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, केन्द्रीय सदस्य सरस्वती मल्ल, अनेमसंघ प्रदेश कमिटी अध्यक्ष गीता पाण्डे, बाँके जिल्लाबाट प्रदेशमा निर्वाचित कृष्ण चालिसे, कला भुसाल जयन्ती खत्री, कौशिला कठायतलगायतलाइ देसाल्ला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो ।

अठोट स्मारिका विमोचन
आठौ सम्मेलनमा अनेमसंघ बाँकेले आफ्नो कार्यकालका गतिविधिलाइ समेटेर प्रकाशित गरेको अठोट नामक स्मारिकाको विमोचन गरिएको थियो । स्मारिकामा नेपालमा महिला आन्दोलन, अनेमसंंघको इतिहास र बाँकेमा पञ्चायतकालदेखि हालसम्म अनेमसंघको इतिहास उल्लेख गरिएको छ ।