दैलेखी र दशनामी समाजको आयोजनामा ३७ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँकेका दैलेखी समाज र नेपाल दशनामी समाजको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
शनिबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा ३१ जना पुरुष र ६ जना महिला गरी ३७ जनाले रक्तदान गरेका हुन् । दुबै संस्थाका अध्यक्ष रहनु भएका पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेशबहादुर खडका, नेपाल रेडक्रस सोसाइटका पूर्व महामन्त्री मीनबहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी र महेश दहितलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

रक्तदान गर्नेहरुमा दीपक थापा, हिरामणि दाहाल, पुष्कर सिजापति, सुदीक्षा बुढा, मीना थापा, देवबहादुर खडका, बलबहादुर मगर, दैलेखी समाज बाँकेका सचिव गणेशबहादुर खडका, गरिबे चमार, कमल बहादुर गिरी, विकास चौधरी, हमजीत थापा मगर, रेखा जोशी, सञ्जना बडुवाल गिरी, अनिल हरिजन, बिशाल रैदास, राजेश कोरी, मनोज कुमार रिजाल, सौगात चौधरी, करण थारु, दिनेश कुमार चौधरी, उषा थारु, ममता बराइली, प्रेम प्रकाश बिसी, शंकर गौतम, लक्ष्मण सञ्जयाल, हितेश चन्द, दिपेन्द्रराज गिरी, राशित गिरी, लक्की सुनार, दुर्गा गिरी, साँवलीप्रसाद कोरी, राजू हलवाई, टेकप्रसाद शर्मा, तिलोचन बस्याल ५८ बर्षीय, गंगाराम खत्री र विजय थारुले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश दहित, लोकश थारु ओमप्रकाश गोडियाले प्राविधिकमा सहयोग गर्नु भएको थियो । नेपाल दशनामी समाज बाँकेका सचिव रुक्मिणा भारती र दैलेखी समाज बाँकेका सचिव गणेशबहादुर खडका, दीलबहादुर थापा, पुष्कर सिजापति, पूर्णिमाकुमारी थापा, हिरामणि दाहाल शतक रक्तदाता पवन जायसवालले सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका दुबै संस्थाका अध्यक्ष पूर्णदेव गिरीले रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप कदरपत्र प्रदान गर्नु भएको थियो नेपाल दशनामी समाज नेपालगन्ज उप–महानगरपालिका नगर अध्यक्ष तथा जिल्ला सदस्य होमराज गिरीले बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा नेपाल दशनामी समाज बाँकेका सल्लाहकार नवीन गिरी, समाजका निर्वतमान अध्यक्ष गोपालप्रसाद गिरी, समाजका प्रदेश सचिव होमनाथ गिरी, दैलेखी समाज बाँकेका वरिष्ठ उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष पूर्णकुमारी थापा, दुबै समाजका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।