ज्योतिष परिषद् बाँकेको अध्यक्षमा सिग्देल

कोहलपुर : ज्योतिष परिषद् नेपाल बाँकेको अध्यक्षमा राजेन्द्रराज सिग्देल निर्वाचित हुनु भएको छ । परिषद्को आइतबार कोहलपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनमा परिषद्का केन्द्रीय उपाध्यक्ष कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले सिग्देलको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष लोकमणि शर्मा दाहाल, उपाध्यक्ष यज्ञप्रसाद शर्मा, महिला उपाध्यक्ष भगवती शर्मा, सचिव उमेश पाण्डे, कोषाध्यक्ष नीरजकुमार चालिसे र सहसचिव नन्दराज पौडेल चयन हुनु भएको छ ।
त्यसैगरी कार्य समिति सदस्यमा कमलाकान्ती पौडेल, प्रकाश पौडेल, जनकराज उपाध्याय, केशवप्रसाद रेग्मी, फणा शर्मा, तिलकराज पौडेल, महेशकुमार मल्ल, टीकाराम उपाध्याय चयन हुुनु भएको छ । परिषद्ले सुदर्शन देवकोटा संयोजक, नन्दलाल पौडेल र खेमलाल शर्मा सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
अधिवेशनको उद्घाटन ज्योतिष परिषद नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्यले गर्र्नु भएको थियो । परिषदकाृ जिल्ला तदर्थ समिति बाँकेका अध्यक्ष राजेन्द्रराज सिग्देलको अध्यक्षता सम्पन्न अधिवेशनको सञ्चालन उपाध्यक्ष लोकमणि शर्मा दाहालले गर्नु भएको थियो।