नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको निर्वाचन तिब्र बनाउँदै संयुक्त प्यानलले सोमबार सचिवालय सञ्चालनमा ल्याएको छ ।
नेपालगन्ज न्यूरोडको भानुभक्त चोकदेखि पश्चिम घरवारी टोल जाने बाटोमा स्थापना गरिएको सचिवालयको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुुल वाहिद मन्सुरी चुन्ना, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, संघका बाँके अध्यक्ष तथा महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ र संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले सोमबार संयुक्त रुपमा सचिवालयको उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले आमउद्योगी व्यवसायीमा मुद्दा उठान गर्ने र साझा समस्यालाई नेपाल सरकारलाई दवाब दिने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘संघलाई सबै उद्योगी व्यवसायीको छाता संस्थाको रुपमा कायम गर्ने र उपनत्व हुने गरी काम गर्नेछौं । व्यवसायीलाई बाँकेमै गरिखाने बनाउने प्रयत्न गर्नेछौं ।’

यो निर्वाचनमा संयुक्त प्यानलबाट चिरञ्जीवी ओलीको नेतृत्वमा पदाधिकारी र सदस्य गरी २१ जना चुनावी मैदानमा रहेकोमा उपाध्यक्षद्व उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसक्नु भएको छ ।
यो प्यानलबाट महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्यक्ष उम्मेदवार बन्नु भएको छ । सदस्यहरु भने तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही, शरदप्रसाद रिजाल उम्मेदवार रहनु भएको छ ।









