विद्यार्थी भन्छन्, ‘कलेज होस् त ब्रिक्सटन जस्तो’
ठाकुरद्वारा (बर्दिया) : सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला महेन्द्रनगरको ब्रिक्सटन कलेजको बीबीए १८औँ ब्याच र बीसीएको तेस्रो ब्याचका विद्यार्थीको १७ असोज २०८३ मा बर्दियाको ठाकुरद्वारामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । बिबिए र बिसिएका दुुई दुई जना छात्राले कलेज अनुभवमा एउटै कुरा दाबी साथ भने, ‘कलेज होस् त ब्रिक्सटन जस्तो ।’ उनीहरुको प्रस्तुती, भन्ने शैली फरक फरक भए पनि, कलेजको वातावरण र शैक्षिक गुणस्तरबारे एउटै साझा बुझाइ थियो, ‘अब्बल कलेजमा पढ्न पाएकोमा हामीलाई गर्व छ ।’
कलेज साँच्चै अब्बल नै हो त ? जिज्ञासा हुनसक्छ । जापान र युकेबाट कलेजले सन् २०२२ र २०२३ मा बेस्ट बिजनेश स्कुल अवार्डका साथै सन् २०२२ मा वुमन एजुुकेशनल लिडरसीप अवार्ड जस्ता थुप्रै विश्वस्तरीय सम्मान पाएको छ ।
जापानको टोकियोमा आयोजित नेपाल एजुकेशन अवार्ड जापान २०२३ मा बेस्ट बिजनेस स्कुल अफ द इयर अवार्ड, लन्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचमा आयोजित नेपाल एजुकेशन अवार्ड युके–२०२५ मा प्रिन्सिपल डा.भोजराज पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, अध्यक्ष डा.नेत्रराज चटोतलाई शैक्षिक नेतृत्वमा उत्कृष्टता पुरस्कार, कलेजका पूर्वप्रिन्सिपल तथा सुदूरपश्चिम विश्वविद्यालयकी सहायक प्राध्यापक डा. निशा भट्टलाई एकेडेमिक एक्सलेन्स अवार्ड र कलेज व्यवस्थापन तथा सूचना प्रविधि शिक्षामा उत्कृष्टताका लागि विश्वस्तरीय सम्मान पाएको विद्यार्थीहरुले जानकारी दिए ।
कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक अभ्यासका लागि जिल्ला बाहिर लगेर अवलोकन भ्रमण पनि गराउने रहेछ । कञ्चनपुरको महेन्द्रनगरबाट बर्दियाको ठाकुरद्वारासम्म १५० किलोमिटरभन्दा लामो दूरीमा कलेज बसमा कम्तीमा पनि साढे ३ घण्टाको यात्रा गरेर विद्यार्थी कर्णाली पुलको अवलोकन गर्दै पर्यटकीय नगरी ठाकुरद्वारा पुगेका थिए ।
प्राकृतिक वासस्थानमा बाघ हेर्न पाइने विश्वकै एक उत्कृष्ट नमुना पर्यटकीय गन्तव्य ठाकुरद्वाराको भ्रमण गराइएको थियो ।

ठाकुरद्वाराको प्राकृृतिक वातावरणमा विद्यार्थीलाई सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, विश्वविद्यालयका सहप्राध्यापक तथा कलेजका एकेडेमिक एड्भाइजर डा. निशा भट्टलगायतले बिबिए र बिसिएको शैैक्षिक ज्ञानको विधि, प्रक्रिया र उपयोगिताबारेका साथै मोटिभेसनल स्पिकर मेरोखुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनालबाट जीवनोपयोगी सीपबारे जान्ने अवसरबारे अभिमुखीकरण गर्नुभएको थियो ।
२८ वर्षदेखि पत्रकारिताको अभ्यास, अनुसन्धान, शिक्षण र प्रशिक्षणमा रहनु भएका बरिष्ठ पत्रकार खनालले डिग्रीभन्दा माथि नयाँ कार्य प्रणालीमा सीप, प्रविधि र अवसरहरु शीर्षकमा उत्प्रेरक सहजीकरण गर्नु भएको थियो ।

उहाँको भनाइ थियो, ‘डिग्रीले अवसरको ढोका खोल्छ तर तपाईंको सीपले तपाईंको उपस्थिति र क्षमताको प्रमाण दिन्छ। त्यसैले आफूलाई आवश्यक पर्ने शैक्षिक योग्यतासँगै सीपको विकास गर्र्न सके भविष्यमा व्यवसायिक जीवन सफल हुन्छ ।’
खनालले भविष्यका लागि नेतृत्व विकास, सञ्चार सीप, भावनात्मक बौद्धिकता, प्रम्ट इन्जिनियरिङ र आत्म मूल्याङ्कन गरेर आफ्नो क्षमता थाहा पाउन सुझाव दिनु भएको थियो । उहाँले बजारमा असिमित प्रतिष्पर्धीका माझ आफूलाई अब्बल साबित गर्न भोलि आउन सक्ने साना साना समस्या वा आवश्यक सीप सिक्दै आफू अरुभन्दा अब्बल रहेको प्रोफाइल निर्माण गर्न पनि विद्यार्थीको ध्यानाकर्षण गर्नु भएको थियो । विद्यार्थीहरुले पनि राम्रो कामको थालनी गर्न आजैदेखि लाग्ने प्रण र प्रतिबद्धता जनाएका थिए ।
विद्यार्थीले ट्यालेन्ट शो, थारू सांस्कृतिक नाच, गायन, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । क्याम्पस प्रमुख डा. भोजराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकेडेमिक एड्भाइजर डा. निशा भट्टका साथै संकाय कोर्डिनेटरहरुले विद्यार्थीहरूलाई शैक्षिक तथा जीवनोपयोगी मार्गदर्शन गर्नु भएको थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बधन लिएर सन् २००९ देखि बीबीए कक्षाबाट सुरु गरेको कञ्चनपुर जिल्लाको महेन्द्रनगर (भीमदत्त नगरपालिका–३) मा रहेको ब्रिक्सटन कलेज सुदूरपश्चिम प्रदेशमै व्यवस्थापन संकाय तथा सूचना प्रविधि शिक्षाको लागि अग्रणी प्रतिष्ठित निजी शैक्षिक संस्थाको रुपमा रहेको छ । कलेजले एमबीए, बीबीए र बीसिएका कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।
पाठ्यक्रमका अतिरिक्त विद्यार्थीको नेतृत्व क्षमता र अतिरिक्त क्रियाकलापका लागि कलेजले ५ वटा सक्रिय विद्यार्थी क्लबहरू गठन गरेर काम गरिरहेको छ ।
कलेजले बैंकिङ, बिमा तथा विभिन्न कर्पोरेट क्षेत्रहरूसँग इन्टर्नसीप र मेन्टरसिपका लागि साझेदारी र सहकार्य गरिरहेको छ । जापानको द एभरेष्ट इन्टरनेशनल स्कुलसँग पनि कलेजको साझेदारी छ । कलेजमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, दिल्ली युनिभर्सिटी, ओरेगन स्टेट युनिभर्सिटी र मिशिगन स्टेट युनिभर्सिटी जस्ता अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट एक्सपोजर पाएका अनुभवी प्राध्यापकहरू आबद्ध छन् ।








