१०औं राष्ट्रिय खेलकुद : पौडीमा बागमतीको अग्रता कायमै
नेपालगन्ज : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी खेलमा बागमती प्रदेशले अग्रता कायमै राखेको छ ।
नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा बागमती प्रदेशले १२ स्वर्ण, ७ रजत, ७ कास्य गरी कुल २६ पदकसहित अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको एनआरएनए टीम ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १५ पदक प्राप्त गरेको छ ।
तेस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबले ६ स्वर्ण पदक, १० रजत, १३ कास्य गरी कुल २९ पदक जितेको छ भने चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत, १२ कास्य गरी कुल २७ पदक जितेको छ । पाँचौ स्थानमा रहेको कोशी प्रदेशले २ स्वर्ण र छैठौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले हालसम्म १ स्वर्ण ३ रजत र १ कास्य पदक गरी कुल पाँच पदक प्राप्त गरेको छ ।










