कम्दी स्वास्थ्य चौकीमा २८५ जनाले लगाए भेरोसेल खोप
रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिकाको कम्दी स्वास्थ्य चौकीमा एक सय ४५ पुरुष र एक सय ३९ महिला गरी दुई सय ८४ जनाले कोरोनाविरुद्धको भेरोसिल खोप लगाएका छन् ।
स्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेव वीरबहादुर पुनका अनुसार स्वास्थ्य चौकीमा ५५ वर्षभन्दा माथिको उमेर समूहका एक सय ७०, शिक्षक ३७, कर्मचारी ४६, चालक १६, वैदेशिक रोजगारकर्मी ११ र सुरक्षाकर्मी ४ जनाले खोप लगाएका छन् । स्वास्थ्य चौकीमा ३ दिन खोप लगाइएको स्वास्थ्य चौकीले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार डुडुवा गाउँपालिकामा लक्ष्यको ७७ प्रतिशतले मात्र खोप लगाएका छन् । गाउँपालिकामा एक हजार सात सय ६५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार तीन सय ५१ जनाले मात्र खोप लगाएका छन् । फोकल पर्सन वलीका अनुसार यो चरणमा बैजनाथमा शत्प्रतिशत, राप्ती सोनारीमा ९१ प्रतिशत र नरैनापुरमा ३४ प्रतिशतले मात्र खोप लगाएका छन् । ४ पालिकाका ८६ खोप केन्द्रमा ११ हजार १५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८२.८ प्रतिशत् अर्थात ९ हजार एक सय २८ जनाले मात्र खोप लगाएका छन् ।