झोरा समुदायिक वनभित्र सालका ३ रुख काटिए

रमेशकुमार यादव । झोरा जंगल
बाँकेको डुडुवा गाउँपालिकाको झोरा समुदायिक वनमा तीन वटा सालका रुख काटिएका छन् ।
सव डिभिजन वन कार्यालय राँझाका प्रमुख नारायण पारदेका अनुसार अज्ञात समूहले सालका रुख काटेको हो । उनले तस्कर गिरोहको खोजी गरिरहेको बताए ।

वनका पूर्वअध्यक्ष मुजुबु रहिमान खानले भने सव वन डिभिजन कार्यालय राँझालाई दिउँसो १ः३० मा रुख कटिरहेको बारे पटक पटक फोन गरेर जानकारी दिए पनि वन कार्यालयले बेवास्ता गरेको बताएका छन् ।
झोरा सामुदायिक वनका अध्यक्ष सविर खानले गस्ती गरिरहेको बेला रुख काटेर ढालेको अवस्थामा देखेपछि वन कार्यालयलाई जानकारी गरेर तस्करहरुको खोजी गरिरहेको बताए । अध्यक्ष खानले तस्करले हप्तामा तीन चार वटा रुख काटेको जानकारी दिए । उनले प्रहरी प्रशासनसँग तस्करको खोजी गर्न आग्रह गरेका छन् ।