बाँकेमा टाइफाइड रोगविरुद्धको खोप लगाउन सुरु

नेपालगन्ज : बाँकेमा टाइफाइड रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले बुधबार नेपालगन्ज–१ धम्बोझी माविबाट खोप अभियानको शुभारम्भ गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा १५ महिना देखि १५ वर्षसम्मका एक लाख १५ हजार २०० बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।