माइती नेपालद्वारा ५०९ महिलाको उद्दार

नेपालगन्ज : माइती नेपाल नेपालगन्ज कार्यालयले एक वर्षको अवधिमा ५०९ महिलाको उद्दार गरेको छ ।
माइती नेपाल ३०औं स्थापना दिवसको अवसरमा बिहीबार नेपालगन्जमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सीमा नाका बाट ४९९ र भारत तथा खाडी मुलुक समेत बाट १० जना महिला बालवालिकाको उद्धार गरिएको कार्यक्रयका संस्थाका संयोजक केशव कोइरालाले जानकारी दिए । एक वर्षको अवधिमा ५२६ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा २१३ जना फेला परेका छन्् भने घरेलु हिंसाका १८ वटा घटनामा परामर्श प्रदान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा विहीबार विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम नेपालगन्जको युद्ध सस्कृत माविमा र नेपाल भारत सिमाना जमुनाहा बोडर लगायतका विभिन्न स्थानमा सडक अन्तक्रियासहित जनचेतनामूलक पोष्टर, पाप्पलेटहरु टाँस्नुका साथै सूचना एवं चेतनामूलक सन्देशहरु वितरण र प्रसारण गरिएको थियो ।